Logo

कांग्रेस महामन्त्री शर्माको प्रचण्डलक्षित टिप्पणी- ‘गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन’



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेहरुको मुख थुन्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उनले विरोध गर्नेलाई मुख थुन्ने र धुनामा राख्न नमिल्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड सहभागी भएको कार्यक्रममा केही युवाहरुले नाराबाजी गरेपछि तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरुको मुखसमेत थुनेको थियो । प्रहरीले विरोध गर्नेहरुको मुख थुनेको दृष्य आपत्तिजनक र दुःखद् भएको शर्माले बताएका छन् ।

साथै, प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई तत्काल रिहाइ गर्न पनि उनले माग गरेका छन् ।  ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो,’– शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्