Logo

मिटरब्याजीको आन्दोलनमा समाजवादीका नेता खनाल



काठमाडौं, १४ चैत्र । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितहरुको आन्दोलनमा एक्यवद्धता जनाएका छन्।

मंगलबार नयाँ बानेश्वरमा मिटरब्याजी पीडितलाई भेट्दै नेता खनालले आन्दोलनमा एक्यवद्धता जनाएका हुन्। नेता खनालले पीडितहरुलाई भेटेर माग जायज भएकोले पीडितहरुमाथि भएको अन्याय सच्चिनुपर्ने बताएका छन्।

यस्तै, उनले यो आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने र मिटरब्याजीहरुले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने पनि बताए।

तस्बिरहरु : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्