काठमाडौं १५ चैत । मन्त्रालय भागबण्डा टुंगाउन बालुवाटारमा बसेको सत्तारुढ गठवन्धनको बैठक निष्कर्षविहीन बनेपछि प्रचण्ड शीर्षनेतासँग वान टु वान वार्तामा जुटेका छन ।
उनले अहिले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरिरहेका छन । दलहरुबीच कुरामिल्न नसक्दा लामो समयदेखि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । गठवन्धनमा नेकपा एसले उपप्रधानसहित तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीको दावी गरेपछि प्रचण्डलाई झनै दवाव परेको छ ।
दलहरुबीच कुरा मिलेमा प्रचण्ड आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा छन् ।