Logo

प्रतिनिधिसभाको बैठक सुरु [LIVE]



काठमाडौं, १४ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले दिउँसो १:१५ बजेदेखि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्