Logo

कांग्रेसका प्रस्तावित उम्मेदवारको दाबीः ‘चितवन-२ मा मंसिरको भन्दा उल्टो परिणाम आउँछ’



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसबाट चितवन–२ का प्रस्तावित उम्मेदवार जीतनरायण श्रेष्ठले गत मंसिरको आम निर्वाचन भन्दा उल्टो परिणाम आउने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उनलाई उम्मेदवार बनाउने निर्णय गरेसँग सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू त्यहाँको धर्तिपुत्र भएकाले आगामी निर्वाचनमा जित निश्चित रहेको उनले बताए ।

मंसिरको निर्वाचन थियो त्यो हावाहुरी चितवनमा पनि स्वभविक रुपमा आएको थियो । जे हावाहुरी आयो ती मान्छे अहिले आफैं जनताकोबीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्ने अवस्था बनेको छ । कहिले कसलाई समर्थन गरेको छ ? कहिले कसलाई भोट हालेको छ ? भोट हालेको कारण पनि खुलाउन पर्दैन । के कारणले विश्वासको मत दिँदैछ त्यो कुरा जनतालाई भन्न नपर्ने । चितवन भनेको सचेत जनता भएको ठाउँ हो । चितवनको हरेक समस्याहरुमा जनप्रतिनिधिहरुले के भूमिका निर्वाह गरे ? भनेर त्यहाँका जनताले राम्रोसँग बुझेको कारण मंसिरको परिणाम होइन, त्यो भन्दा उल्टो परिणाम आउँछ,’– उनले भने ।

सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले पनि स्वभविक रुपमा आफूलाई समर्थन गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्