काठमाडौं १६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका छन ।
चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका थिए ।
‘प्रचण्ड’ काठमाडौं आएसँगै सत्तासाझेदार दलहरुको बैठक सुरुहुने बताईएको छ । सबैकुरा सकरात्मक भए उनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन ।
सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ