Logo

उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत



काठमाडौं, १६ चैत्र । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।

आयोग बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको हो।

आयोगले चितवन २ का लागि चितवनकै जिल्ला न्यायाधिश वासुदेव न्यौपाने, बारा २ का लागि बारकै जिल्ला न्यायाधिश मुकेश उपाध्याय र तनुहँका लागि सोही जिल्लाका न्यायाधिश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको जनाएको हो।

यस्तै, आयोगले चैत्र १८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्नेपनि जनाएको छ।



प्रतिक्रिया दिनुहोस्