Logo

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउने तयारीमा एमाले



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले उपनिर्वाचनका लागि आज उम्मेदवार सिफारिस हुने बताएका छन् ।

उनले चितवन–२ को उपनिर्वाचन भने एक पक्षीय नभएर त्रिपक्षीय भिडन्त हुने पक्कापक्की भएको उल्लेख गरेका छन् ।

स्थानीय जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि कांग्रेसमा पनि उत्साह देखिएको र एमालेबाट पनि आज उम्मेदवार टुंगो लाग्ने उनको दाबी छ ।

‘देशकै एक प्रमुख पर्यटकीय गन्तब्य जिल्ला चितवन–२ मा कांग्रेसले रैथाने जीतनारायण श्रेष्ठलाई टिकट दिए पछि कांग्रेसजनमा उत्साह नै पैदा गरेको देखियो। शायद एमालेले आज नै टिकट सिफारीस गर्ने पक्कापक्की छ।चुनाव एक पक्षीय नभै त्रिपक्षीय भिडन्ततर्फ जाने देखियो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्