काठमाडौं चैत १७ । सत्ता गठबन्धनका ९ वटै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री हुनेहरूको सूची बुझाएका छन्। कांग्रेससहितका केही दलले मन्त्रीहरुको सूची नबुझाउँदा बिहीबार नै क्याबिनेट विस्तार भएको थिएन ।
तर बिहीबार बिहान सूची आएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर परामर्श गरि फर्किसकेका छन्।
प्रधानमन्त्रीले राष्ट्रपति भेटेपछि शीतल निवासले शुक्रबार दिउँसो ३ बजे शपथ गराउने गरी तयारी थालेको छ।
सत्ता गठबन्धनबाट कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक -एक मन्त्रालयमा सहमति जुटाइसकेका छन्।
उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो।