Logo

कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत



काठमाडौं, १७ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा विश्वासको मत मागेका छन् । उनले प्रदेश सभाको नवौं बैठकलाई सम्बोधन गर्दै स्पष्टता र इमानदारिताको राजनीति होस् भन्ने चाहेर विश्वासको मत लिन लागेको बताए ।

उनले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै सम्झौता नगर्ने पनि बताए । कर्णालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उनले विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्