काठमाडौं, १७ चैत्र । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट नआएसम्म कुनै बधाइ तथा शुभकामना ग्रहण नगर्ने घोषणा गरेका छन्।
अर्थमन्त्रीको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले बजेट नआएसम्म कुनै बधाइ तथा शुभकामना ग्रहण नगर्ने घोषणा गरेका हुन्।
‘बजेट नआएसम्म म कुनै बधाइ तथा शुभकामना ग्रहण गर्दिनँ। पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्याउने, कस्तो बजेट ल्याउने विषयको टुंगो लगाएरमात्रै बधाई तथा शुभकामना ग्रहण गर्छु’ उनले भने, ‘हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ। राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन। अहिले राजस्वभन्दा धेरै खर्च छ। पूँजीगत खर्च गर्न सकेका छैनौं। समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ।’