Logo

पत्रकार वन्त बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।

क्लबले स्वर्गीय फोटोपत्रकार बाबुछिरीको नामबाट स्थापित २५ हजार रुपैया राशीको बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कारबाट यसवर्ष फोटो पत्रकार प्रदिपराज वन्तलाई सम्मान गरेको छ। वन्त राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार हुन् । उनले विगत डेढ दशक लामो समयदेखि नेपालको फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्