Logo

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

आजको बैठकमा प्रभु साह र बाबुराम भट्टराई उपस्थित रहेका छैन । बैठकमा सरकार विस्तारपछिको राजनीतिक अवस्था, बाँकी मन्त्रालयका नेतृत्व टुंग्याउने र आगामी उपनिर्वाचनको बारेमा छलफल भइरहेको छ ।

अहिले बैठक जारी रहेको जनता समाजवादीको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्