काठमाडौं २० चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्।
पेटमा समस्या आएपछि शनिबारदेखी पौडेल अस्पतालमा उपचाररत छन ।
उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेर बहादुर देउवा हिजो शिक्षण अस्पताल पुगेका थिए ।
हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताईएको छ ।