Logo

मनोनयन दर्ताका लागि रमेश खरेल बारामा



काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्न रमेश खरेल बारा पुगेका छन् ।

बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । गत निर्वाचनबा उक्त क्षेत्रबाट निर्वाचित जनता समाजवादीका उम्मेदवार रामसहाय प्रसाद यादव राष्ट्रपतिमा निर्वाचित भएसँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उनले बारा– २ मा पुगेर मनोनयन दर्ताअघि मतदाताहरुसँग भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्