Logo

नेप्सेको ओरालो यात्रा कायमै,एक अर्ब पनि पुगेन कारोबार



काठमाडौं २० चैत । सेयरबजार परिसूचांक नेप्सेमा सोमबारपनि दोहोरो अंकले गिरावट आएको छ।

नेप्से आज १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको छ । आज कुल ९२ लाख २ हजार बराबरको २८ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।

सोमबार बजारमा ३१ कम्पनीका लगानीकर्ताले कमाए पनि १७८ कम्पनीका सेयरधनीले गुमाएका छन्। त्यस्तै सातवटाको सेयर मूल्य स्थिर छ।



प्रतिक्रिया दिनुहोस्