Logo

सेना राष्ट्रिय सुरक्षाको आधारशीला हो– प्रधानसेनापति शर्मा



काठमाडौं, २० चैत्र । प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । विकास निर्माण र पर्यावरण संरक्षण गर्नसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो । ‘हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पु¥याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ,’– प्रधानसेनापति शर्माले भने ।

समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो । समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति भएको उल्लेख गर्दै उनले सबैले स्मरण गरेर अघि बढ्नुपर्ने बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्