काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराÞ–२ बाट मनोनयन दर्ता गराएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमाका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएलगत्तै मतदाता सामू पुगेका अध्यक्ष यादवले आफू केवल प्रतिनिधिमात्रै भएको बताए । वास्तविक चुनाव बाराको जनताले लड्दै गरेको उनले बताए ।
‘बारा जिल्लाले राजनीतिमा र आन्दोलनमा इतिहास बनायो । त्यसका लागि धेरै धेरै धन्यवाद । म तपाईँहरुलाई साथ दिनका लागि आएको छु । म त तपाईँहरुको एक प्रतिनिधि मात्रै हुँ, साच्चै निर्वाचनमा त तपाईँहरु लड्दै हुनुहुन्छ,’– उनले भने ।