Logo

तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेका उम्मेदवारले जित्ने निश्चित छ– लिलामणि पोखरेल



काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले समर्थन गरेका उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताएका हुन् ।

‘बारा, चितवन र तनहुँमा पनि माओवादीको राम्रो मत छ । कांग्रेससँग एलाइन्स भएर गएपछि हामीले इमानदार साथ मतदान गर्छौं । चुनाव जित्छ । जित्नुपर्छ,’– उनले भने ।

माओवादीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२, तनहुँ–१ र चितवन–२ लगायतका तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छैन । माओवादीले बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव, तनहुँ– १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन– २ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्