Logo

‘कांग्रेसले नाम नदिँदा सरकारलाई पूर्णता दिन ढिलाई’



काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसले सरकारमा निर्माणमा ढिलाई गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आरोप लगाएकी छिन्।

मंगलबार मन्त्रिपरिषद्‍ बैठकको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले कांग्रेसले सरकारमा निर्माणमा ढिलाई गर्दा पूर्णता नपाएको आरोप लगाएकी हुन्।

‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा पूर्णता पाएको छैन। करिब करिब पूर्ण त भयो तर केही मन्त्रालय रिक्त छन्। यो विषयमा हिजो क्याबिनेटमा छलफल भएको थियो। केही दिनभित्र सरकारले पूर्णता पाउने छ। पार्टीहरुका आन्तरिक समस्याहरु हुन्छन्। ती कारणहरूको समस्या समाधान हुने छ।’



प्रतिक्रिया दिनुहोस्