काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई आजभोलि नै पूर्णता दिन लागको दाबी गरेका छन्।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारलाई आजभोलि नै पूर्णता दिन लागको उद्घोष गरेका हुन्।
उनले भने, ‘सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण छ। अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ। आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ’ उनले भने, ‘हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ। कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ। केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ। त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ। यसमा म गम्भीर छु।’