Logo

न्यायाधीस गिरीविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं २२ चैत । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन तर पछि महिला अधिकारकर्मीहरुको दवावमा मुद्दा दर्ता भएको थियो ।

पक्राउ पूजी जारी गरिएका न्यायाधीस गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्