Logo

गठबन्धन दलबीच जुट्यो सहमति, न्यूनतम नीति तथा कार्यक्रम आजै सार्वजनिक हुने



काठमाडौं, २३ चैत । सत्ता साझेदार दलहरुबीच सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रममा सहमति जुटेको छ ।
आज (बिहिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रममा सहमति जुटेको हो ।

सरकारका न्यूनतम् नीति तथा कार्यक्रम आज बेलुकी साढे ५ बजे सार्वजनिक गरिनेसमेत बताइएको छ । नेपपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सत्ता गठबन्धनका दलबीच सरकारका न्यूनतम् साझा कार्यक्रममा सहमति जुटेको बताए । File Photo/ Reporters Nepal 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्