Logo

मतदातालाई रविको प्रश्न– विदेशबाट घण्टीमा भोट हाल्नु है आमा भनेको छ होला नि ?



काठमाडौं, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु असफल भएको खण्डमा धेरैको आशा र भरोसा असफल भने बताएका छन् । चुनावी अभियानका क्रममा चितवनको ईच्छाकामना गाउँपालिका हात्तिवाङमा पुगेका लामिछानेले त्यहाँका मतदाताहरुलाई आम युवाको सपना पुरा गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।

‘हाम्रा लागि चुनौतिहरु धेरै छन् । हामी फेल भयौं भने मान्छेको आशा र भरोसा फेल हुन्छ । यही गाउँमा कति युवाहरु विदेशमा बस्नु भएको छ । तपाईहरुले नचिने पनि घण्टीमा भोट हाल्नु है आमा, त्यहाँ रवि दाईलाई भोट हाल्नु भनेको छ होला नि ? विदेशबाट तपाईँहरुलाई । किन भनेको थाहा छ ? उनीहरुलाई आश छ,’– लामिछानेले भने ।



प्रतिक्रिया दिनुहोस्