Logo

नागरिक बचाउ महाअभियानले फिर्ता लियो ‘नेपाल बन्द’



काठमाडौं, २३ चैत्र । नागरिक बचाउ महाअभियानले २४ गतेको नेपाल बन्दको आन्दोलन फिर्ता लिएको छ । अहिले चलिरहेको एसईई परीक्षालाई ध्यानमा राखेर नेपाल बन्द कार्यक्रम फिर्ता लिइएको महाअभियानका संयोजक दुर्गा प्रसाईँले बताए ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रमहरु अन्तरगत यहि चैत्र २४ गते विहीबारका दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई को परिक्षालाई ध्यानमा राख्दै भोलि चैत्र २४ गतेको नेपाल बन्द फिर्ता लिएको कुरा सबैमा जानकारी गराउन चाहन्छौं,’– जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्