Logo

भ्रष्टाचार संस्थागत भयो, शव ल्याएको बाकससमेत एयरपोर्टमा फुटाइयो– हरि ढकाल



काठमाडौं, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालमा भ्रष्टाचारको संस्थागत विकास भएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टाचारको संस्थागत विकासका कारण विदेशबाट एरपोर्टमा आइपुग्दा शव ल्याएका बाकससमेत फुट्न थालेको उनले बताए ।

‘विदेशबाट शव ल्याउँदाखेरी शव भएको बाक्सा फोरिएको छ एयरपोर्टमा । केही सामन छ कि भनेर, लुट्नलाई । हामीले व्यागेजहरु फुटेको, व्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जाँदै छ ? के बन्दै छ । भ्रष्टाचारको संस्थागत यसरी भएको छ शव बोकेको बाक्सासमेत छोडिँदैन,’– उनले भने ।

भ्रष्टाचारको संस्थागत विकासका कारण गरिब चेपाङ बच्चाहरुलाई विद्यालयमा दिइने दिवा खाजामासमेत लुटिइरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्