Logo

‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’– ज्ञानेन्द्र शाही



काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन् । आज (बिहिबार) को जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले नेपालमा संघीयता काही नअटाएका कार्यकर्तालाई सांसद बनाउने थलोमात्रै बनेको टिप्पणी गरेका हुन् ।

‘संघीयता जम्मा दुईवटा कारणले चाहिन्छ । एउटा पहिचाका लागि चाहिन्छ । एउटा भनेको देश ठूलो भयो भने त्यो देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ । तर, आज यो देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने काही नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्