काठमाडौं, २३ चैत्र । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने उल्लेख गरिएको छ । साथै, मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भाद्र २७ को प्रतिवेदनलाई कार्यान्वयन गर्ने र अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्नेसमेत उल्लेख गरिएको छ ।