Logo

रविप्रति मतदाताको भरोसा– ‘तपाईँले माग्दै नमागेपनि भोट दिन्छौं’



काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला चितवन–२ मा चुनावी अभियानमा व्यस्त देखिन्छन् । चितवन– २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपा (एमाले) ले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । जनस्तरमा तीनै जना प्रतिस्पर्धीको उत्तिकै राम्रो प्रभाव रहेकाले यस पटक चितवन–२ मा हुने उपनिर्वाचनमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ ।

यसबीच चुनावी अभियानका क्रममा रहेका रास्वपाका अध्यक्ष लामिछानेलाई स्थानीय जनताले मत पाउनेमा ढुक्क हुन आग्रह गरिरहेका छन् । घरदैलो अभियानका क्रममा मतदाता भेट्न पुगेका लामिछानेलाई विश्वास दिलाउँदै एक मतदाताले भने– ‘पहिला पनि हामी सबै साथीहरु मिलेर तपाईलाई सहयोग गरेको हो । अहिले पनि त्यो भिजन तयार छ । तपाईँले माग्दै नमागेपनि तयार छौं हामी ।’



प्रतिक्रिया दिनुहोस्