काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्नुपर्ने महत्वपूर्ण काम नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद्समेत रहेका थापाले प्रधानमन्त्री यतीधेरै फुर्सदीलो हुनु राम्रो संकेत नभएको उल्लेख गरे ।
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु ।’
केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने ? मलाई अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छु ।’ थापाले भने ।