Logo

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्ध उजुरी



काठमाडौं, २४ चैत्र । नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका हुन् ।

एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था रहेको छ । साथै ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्