Logo

सुकुम्बासी बस्तीमा डोजर चलाउन नपाएका बालेन झनै आक्रमक, सरकार भारत र चीनले बनाएको अरोप



काठमाडौं, २५ चैत्र । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाहले अहिलेको सरकार भारत र चीनले बताएको आरोप लगाएका छन् । आफूलाई निरन्तर सरकारले असहयोग गर्दै आएको अभिव्यक्ति दिने गरेका मेयर शाहले आज (शनिबार) विहानमात्रै सिंहदरबारको फोहोर नउठाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए ।

त्यसपछि अर्को फेसबुक अकाउन्टबाट अहिलेको सरकार दुई छिमेकी देशले बनाएको विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ भनी प्रश्न गरेका छन् ।

हिजोमात्रै काठमाडौंको तीनकुनेस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने बालेनको प्रयास असफल भएको थियो । उनी सुकुमबासी बस्ती हटाउन सरकारले सहयोग नगरेकोमा रुष्ट छन् । File Photo/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्