Logo

बाटो मिचेर बनाइएका १९ प्रहरी विटमा डोजर चलाउने बालेनको तयारी



काठमाडौं, २५ चैत्र । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले महानगरमा बाटो मिचेर बनाइएका नेपाल प्रहरीका संरचना हटाउन आग्रह गरेका छन् । कानुनको कार्यान्वयन गराउने प्रहरीले नै कानुन मिचेको आरोप लगाउँदै उनले उक्त संरचना प्रहरीले नहटाएमा महानगरले संरचना हटाउनेसमेत बताएका छन् । उनले काठमाडौं महानगरभित्र बाटो मिचेर बनाएका विभिन्न १९ वटा प्रहरी बिट उल्लेख गर्दै तुरुन्त हटाउन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।
कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

यी हुन् बाटो मिचेर बनेका प्रहरीका १९ वटा बिटहरुः

फोटो स्रोतः बालेन शाहको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्