Logo

अपरिपक्व बालेन, अस्तव्यस्त र भद्रगोल महानगर– वाईसिएल अध्यक्ष शेर्पाली



काठमाडौं, २५ चैत्र । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई अपरिपक्वको संज्ञा दिएका छन् ।

आज (शनिबार) मेयर शाहले क्रमिक रुपमा एकपछि अर्को स्टेटस सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको आलोचना चौतर्फी भइरहेको छ । बालेनले सिंहदरबारको फोहोर नउठाउने, यो सरकार भारत र चीनले बनाएको र महानगरभित्र बाटो मिचेर बनेको १९ वटा प्रहरी बिट भत्काउने लगायतका तीन वटा पोष्ट गरेका थिए ।

उनले सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिविरुद्ध प्रतिक्रिया जनाउँदै वाईसिएलका केन्द्रीय अध्यक्ष शेर्पालीले लेखेका छन्–‘अपरिपक्व बालेन, अस्तव्यस्त अनि भद्रगोल महानगर सरकार ।’



प्रतिक्रिया दिनुहोस्