Logo

हाम्रो सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरु आलोचना गरिरहेका छन्– रवि लामिछाने (भिडियोसहित)



काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुले आफूहरुको आलोचना गरिरहेको बताएका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि जेल कोच्ने लिष्टमा रहेकाहरुले अहिले आलोचना गरिरहेको बताएका हुन् ।

‘हामीलाई आलोचना गर्ने मान्छेहरु र ती मान्छेहरुको चरित्रलाई हेर्छौं । ती मानिसहरुको राजनीतिक इतिहासलाई हेर्छौ । ती त्यस्ता मान्छेहरु हामीलाई प्रश्न गर्छन्, जसलाई हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिष्ट बनाइरहेका छौं,’– उनले भने ।

साथै, भ्रष्टाचारीहरुले सोधेको कुनै पनि प्रश्नको जवाफ नदिने उनले बताए । आफू आम सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ र जहिले पनि दिन तयार रहेको उनले बताए । भ्रष्टाचारीलाई जवाफ दिन नभएर जेल कोच्न आवश्यक रहेको उनको भनाई छ ।

‘म आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले सोध्नु् भएको प्रश्नको जवाफ चोक, गल्ली, भट्टी जहाँ पनि दिन तयार छु । तर, भ्रष्ट मान्छेहरुले सोधेको एउटा पनि जवाफ दिन्न । किन कि तिनलाई त जेल कोच्ने हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्