Logo

ढाकाकुमार श्रेष्ठले ईडिट गरेको अडियो भन्नुभयो– कविन्द्र बुर्लाकोटी



काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले निलम्बन गरेर छानविनको प्रक्रिया अगाडि बढाएको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए अनुसार श्रेष्ठले उक्त अडियो इडिट भएको बताएका छन् । अनुसन्धनका क्रममा उनी उक्त कार्यमा संलग्न रहेको पाइए पार्टीले कारबाही गर्ने बुर्लाकोटीले बताए ।

‘यो विषयमा पार्टीभित्र छलफल गरिसकेका छौं । उहाँले हामीलाई दिनुभएको प्रारम्भिक जानकारी अनुसार यो अडियो इडिट गरेको हो भन्नु भएको छ । मिडियामा आएपछि र प्रश्न उठिसकेपछि छानविन हुनुपर्छ भनेर अहिले उहाँलाई निलम्वन गरेका छौं । उच्चस्तरीय छानविन समिति बनाएर अनुसन्धान गर्छौ । अडियो  उहाँको हो रहेछ भने यो पार्टीको सिद्धान्त र नीति विपरीत हुन्छ । हामी कारबाही गर्छौ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै सहमहामन्त्री बुर्लाकोटीले भने ।



प्रतिक्रिया दिनुहोस्