
काठमाडौं, २६ चैत्र । मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता जारी रहेको छ।
शान्तिवाटिकामा जारी रहेको वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली रहेको छ।
पीडितहरुले राखेको ६ बुँदे मागमा अहिले छलफल भइरहेको गृहमन्त्रालयले जनाएको छ।