Logo

‘बहाल रहेका सबै सद्धभावना दूत खारेज’



काठमाडौं, २६ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहाल रहेका सबै सद्धभाव दूत खारेज गर्ने निर्णय गरेको छ।

‘पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्धभाव दूत खारेज गरिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिनुभएको छ।

यस्तै, मन्त्रालयले नेपालगञ्जबाट भारतका बिभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको मन्त्री किराँतीले जानकारी दिनुभएको छ।



प्रतिक्रिया दिनुहोस्