काठमाडौं,२७ चैत । मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।
गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि वार्ता हुन लागेको हो ।
संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अवदेश कुशवाहले जानकारी दिए ।