Logo

संसद्मा कांग्रेस उपसभापति गुरुङको प्रश्न– ‘कोर टिम भनेको को-को हो ?’



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोलेका छन् ।

आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको वार्तामा भनिएको कोर टिम भनेको को–को हो भनी प्रश्न गरेका छन् । सांसद श्रेष्ठको घटनामा संसदीय छानविन समिति बनाएर अनुसन्धान गर्न पनि उनले आग्रह गरेका छन् ।

‘त्यो वार्तामा भनिएको छ, कोर टिमलाई बुझाउनु पर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको छानविन गर्नुपर्दैन सभामुख महोदय ? यसको छानविनका लागि यो संसद्भित्रको सदस्यले गरेको वार्तालापको सन्दर्भमा र भ्रष्टाचारको सन्दर्भमा यो संसद् चुप लागेर बस्न हुँदैन । आजकै दिनमा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानविनका लागि म निवेदन गर्न चाहन्छु,’– गुरुङले भने ।



प्रतिक्रिया दिनुहोस्