Logo

सांसद्‍ले उठाएका प्रश्नको जवाफ दिन सभामुखको निर्देशन



काठमाडौं, २७ चैत । प्रतिनिधिसभामा सांसद्‍हरुले उठाएका प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद्हरुले उठाएका विषयमा सरकारलाइ जवाफ दिन निर्देशन दिएका हुन्।

उनले भने, ‘शून्य, विशेष र अन्य समयमा पनि सदस्यहरूले जनसरोकारका विषयमा उठाएका प्रश्नहरूले प्रतिनिधि सभा नियमावली नियम १५ को उपनियम दुईतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। अहिलेसम्म उठेका प्रश्नको जवाफ दिन निर्देश गर्छु। ’



प्रतिक्रिया दिनुहोस्