Logo

तनहुँ -१ मा स्वर्णिमलाई लौरोको साथ



काठमाडौं,२७ चैत । आगामी बैशाख १० मा हुने तनहुँ-१ को उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई हाम्रो नेपाली पार्टी(लौरो अभियान)ले समर्थन गरेको छ ।

बिष्णु पराजुलीलाई उम्मेदवार बनाएको हाम्रो नेपाली पार्टीले आफ्नो उम्मेदवारी निष्कृय पार्दै रास्वपा उम्मेदवार वाग्लेलाई समर्थन गर्ने घोषणा गरेको हो ।

मंसिर चारमा भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल नेपालको राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानमा पुनः उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा वाग्लेसँगै गठवन्धनबाट कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेबाट पूर्व आईजीपी सर्बेन्द्र खनाल उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्