Logo

नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने विश्व भूमि शिवशक्ति नेपालको माग



काठमाडौं, २८ चैत्र । विश्व भूमि शिवशक्ति सनातन अभियान नेपाललले नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गरी अभियानले नेपाललाई सनातन हिन्दु राज्य घोषणाको माग गरेको हो ।

अभियानका अभियानता होमबहादुर कार्कीले नेपाल परापूर्वकाल देखिनै सनातन हिन्दू राज्य रहेको र त्यसको विकल्प पनि नरहेको बताए ।आफूले पशुपतिनाथको पूर्वीद्वार खोल्न अनुरोध गर्दा शक्ति केन्द्रमा रहेकाहरुले बल र पावर प्रयोग गरेर आक्रमणको प्रयास गरेको उनको भनाई छ । साथै, उनले पशुपति मन्दिरको पूर्वी द्वार खोल्नका लागि पशुपति क्षेत्र विकास कोष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकार्षण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कुरा भन्दा धेरै काम गर्छु भने पनि आफूविरुद्ध बोल्ने युवाहरुको मुख थुन्ने कोशिस गरेको भन्दै उनले आपत्ति जनाए । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण छानविनका लागि पनि उनले सरकारसँग आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्