Logo

‘रवि लामिछानेलाई पैसाले किन्न पाइँदैन’



काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई कसैले पैसाले प्रभावित पार्न नसक्ने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले पैसाले बहुमूल्य चिज किन्न पाइएपनि आफूलाई किन्न नसक्ने बताएका हुन् ।

पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडियो काण्डका बारेमा बोल्दै उनले भने– ‘सँगै हिँडेका सहयात्रीले मन्त्री बनाइदिन भनेर कसलाई पैसा मागे रे । दुई /तीन करोडको डिल गरेका छन् रे । त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिडेको मान्छे हुँ । शीरमा कफन बाँधेर हिँडेको मान्छे हुँ । कसैले प्रभावित पार्न नखोजे हुन्छ । संसारमा पैसाले बहुमूल्य वस्तुहरु किन्न पाइन्छ होला, रवि लामिछानेलाई किन्न पाइँदैन ।’

लामिछाने आगामी उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन् । यस अघिको आम निर्वाचनमा चितवन– २ बाट प्रचण्ड बहुमतले विजयी भएका लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्