Logo

अनामणिको गजलमा प्रणयभावको बाहुल्यता



सूर्यकुमार घिसिङ । नेपाली साहित्य जगतमा रत्न अनामणि नौलो नाम होइन । उनका धेरै कृति प्रकाशित भइसकेका छन् । हामी उनलाई अनामणि भनेर पनि चिन्छौं । यतिखेर मेरो हातमा उनको गजल संग्रह ‘ख्याल ख्यालमै सल्क्यो जिन्दगी’ रहेको छ । यस संग्रहमा उनका ३८ वटा गजलहरु छ्न् । ती गजलहरु प्रीति प्रणय र वैचारिक , सामाजिक भावमा छ्न् । कतिपय गजल त रेकर्डिङ गर्न सके राम्रो गीत बन्ने खाल्को पनि छ ।

जो जुनसुकै बाटो लागे पनि छोडदेउ रत्न
आफ्नु दुस्खी संसारमा अ माडदेउ रत्न
(पेज ३८ गजल २८)

गजलमा आफ्नो नाम जोडेर रत्नले सामाजिक परिवेशलाई गतिलो व्यंग्य गरेका छ्न् । स्वार्थी संसारप्रतिको गजलकारलाइ विश्वास नै छैन ।

लिलाममा राखे थोत्रो जिन्दगी कस्ले लिन्छ हजुर
निरस यो बेसहारालाई सस्तोमा कस्ले किन्छ हजुर
(गजल १३ पेज २३)

एक समय थियो, गजलका माया प्रेमको विम्व अनिवार्य थियो । अहिले गजलको तरिका फेरिएका छ । सामाजिक , राजनीति र समसामयिक भावका गजलहरु यत्रतत्र पढन पाइन्छ । ७० दशक गजलको लागि असाध्यै उर्वर रह्यो । ७० को दशकमा लेखिएको अनामणिको गजल संग्रहले पाठकहरुको मन मस्तिष्कमा डेरा जमाउन सफल भयो ।

तिम्रो तस्वीर मेरो क्यानभासमा कोर्न पाए हुन्थ्यो
सौन्दर्य सबै कुनाकाप्चामा फोर्न पाए हुन्थ्यो

एक्लो संसारमा आफू एक्लो छैन जानकारी
दुनियाँलाई देखाउन नाता जोर्न पाए हुन्थ्यो
(पेज ३१ गजल २१)

नेपाली गजल क्षेत्रमा ‘ख्याल ख्यालमा सल्क्यो जिन्दगी’ लाई पाठकहरुले लामो समयसम्म सम्झनेछ्न् । नयाँ गजलकारले यस संग्रह अध्ययन गर्दा गजल लेख्ने तरिका सिक्छ । यो गजलको भेलबाढीमा मिसिएर आएको कृति होइन । यो चैतमा नदी बगे जसरी सिर्जना भएको कृति हो ।

कृतिः ख्याल ख्यालमा सल्क्यो जिन्दगी
विद्याः गजल
गजलकारः रत्नप्रसाद श्रेष्ठ अनामणी
प्रकाशकः गौरी पब्लिक रिलेसन एन पब्लिकेसन्स बालाजु
संस्करणः पहिलो २०७३
मूल्य रु.५१

 



प्रतिक्रिया दिनुहोस्