Logo

एकीकृत समाजवादीको कमिटी नै एमालेमा प्रवेश



काठमाडौं,२९ चैत । नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेको छ ।

एमालेमा फर्किनेहरूमा नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

आज (बुधवार) एमाले पार्टी कार्यलय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलको हातबाट टिका, अविर लगाउँदै उनीहरु पुरानै घरमा फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्