Logo

सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिइएकोप्रति नेविसंघ कैलालीको आपत्ति



काठमाडौं, २९ चैत्र । सार्वजनिक सवारी साधनमा विद्यार्थीहरुलाई छुट नदिइएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीले आपत्ति जनाएको छ ।
सरकारले विद्यार्थीहरुका लागि सार्वजनिक यातायातमा कूल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था व्यवस्था भएपनि उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै नेविसंघ कैलालीले आपत्ति जनाएको हो ।

नेविसंघ कैलालीका जिल्ला सभापति मनिश कुँवरसहितको टोलीले आज प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त विषय ध्यानाकार्षण गराएको छ । सार्वजनिक यातायातमा विद्यार्थीले पाउनु पर्ने सहुलियत कार्यान्वयनका लागि तत्काल पहल गर्न नेविसंघले आग्रह गरेको छ । विद्यार्थीले छुट पाउने व्यवस्था कार्यान्वयन नभए चरणवद्ध आन्दोलनमा उत्रने पनि नेविसंघले बताएको छ ।

‘नेपाल सरकारले विद्यार्थीहरुका लागी सार्वजनिक यातायातमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर, धेरै समय बितिसक्दा पनि सो व्यवस्था कार्यान्वयन नभएकोले तँहाको कार्यालय मार्फत कार्यान्वयन गराईदिनहुनका लागि हार्दिक अपिल गर्दछौं । साथै सो व्यवस्था कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराउदै यो ज्ञापन पत्र पेश गरेका छौं,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्