काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले ट्रेड युनियन खारेजीको माग गरेका छन् । संघीय निजामति ऐनमा ट्रेड युनियनको व्यवस्था हटाएर कर्मचारीतन्त्रमा सुधारको आवश्यकता रहेको उनले बताए ।
‘संघीय निजामति ऐन नेपालको संविधान २०७२ अनुसार आउँछ कि आउँदैन ? जबसम्म ट्रेड युनियन राखिराख्छौं, तबसम्म यो समस्याहरु आइराख्छ । त्यसकारण ट्रेड युनियन हटाउन पर्छ,’– उनले भने ।
ट्रेड युनियनले शिक्षकदेखि लिएर निजामति कर्मचारीसम्मलाई विगारेको उनको आरोप छ ।