काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले कर्मचारीको भावनालाई सम्बोधन गर्ने गरी संघीय निजामति ऐन ल्याउन आग्रह गरेका छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले कार्मचारीहरुको मनोभावनालाई उठाउने गरी र सबै प्रकारका आग्रह र दवाबलाई चिरेर काम गर्न सक्ने गरी ऐन ल्याउन आग्रह गरेका हुन् ।
‘नेपालका कार्मचारीहरुको मनोभावनालाई उठाउने गरी, कर्मचारीहरुको भावनालाई सम्बोधन गर्ने गरी, सबै खाले राजनीतिक दवाब, आग्रह र पूर्वाग्रबाट उन्मुक्त भएर कार्य गर्न सक्ने गरी न्यायपूर्ण ढंगले नेतृत्व गरेर समाधान पस्किन आवश्यक छ,’– उनले भने । File Photo/Reporters Nepal