काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठलाई सांसद्बाट हटाउने निर्णय गरेको छ ।
रास्वपाको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैँया घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीले सोमबार उनलाई सांसद् पदबाट निलम्बन गर्दै अनुशासन समितिलाई छानविन गर्न निर्देशन दिएको थियो।
समितिले छानबिन गरेपछि मंगलबार केन्द्रीय कमिटीलाई प्रतिवेदन बुझाएपछि उनीमाथि निर्णायक छलफल गर्न बुधबार केन्द्रीय कमिटीको बैठक बसेको थियो।
उनलाई पार्टीले सांसद्का साथै पार्टीको साधारण सदस्यबाटसमेत निस्कासन गरेको छ।